Kathmandu Press

सरकारको विरोधमा माइतीघरमा जेनजी युवाहरूले प्रदर्शन

जेनजी युवाहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड र ब्यानर बोकेर सरकारको विरोध गरेका छन्।
सरकारको विरोधमा माइतीघरमा जेनजी युवाहरूले प्रदर्शन

काठमाडौं, मंसिर ११ : जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरुले विहीबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। 

जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको उनीहरुले बताएका छन्। जेनजी युवाहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड र ब्यानर बोकेर सरकारको विरोध गरेका छन्। 

‘सम्पूर्ण जेनजी पुस्ता एक हौं,’ ‘सुशीलाको पाराले, दुःख पाए साराले’,‘सुशिला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ जस्ता नारा बनाएका प्लेकार्ड उनीहरुले बोकेका छन् ।

 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, मंसिर ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्