Kathmandu Press

नक्कली पिएचडीधारीको अभियोगमा प्रसाईंमाथि मुद्दा

नक्कली पिएचडीधारीको अभियोगमा प्रसाईंमाथि मुद्दा

काठमाडौं, मंसिर १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सह–परीक्षा नियन्त्रक डिल्लिराम प्रसाईंविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ।

प्रसाईविरुद्ध सजायको माग राखेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आफूसँग नभएको विद्यावारिधिका योग्यता पाएको भन्दै विवरण पेश गरी लाभ लिएको दाबी अख्तियारले गरेको छ। 

अख्तियारद्वारा जारी विज्ञप्ति अनुनुसार त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, कीर्तिपुर काठमाडौंले सह–परीक्षा नियन्त्रक छनोट समितिको सूचना गोरखापत्र दैनिकमा २०८१ कात्तिक १७ गते पहिलो पटक ७ दिनको म्याद राखी प्रकाशन गरेकोमा पुनः दोस्रो पटक ७ दिनको म्याद थप गरिएको सूचना प्रकाशन गरेको थियो।

जसअनुसार क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि चाहिने १ जना सह–परीक्षा नियन्त्रकको लागि ६ जना आवेदकले दरखास्त पेश गरेको देखिएको, कात्तिक ११ गते नै पद्म कन्या कयाम्पसमा कार्यरत प्रा.डा.जया लक्ष्मी प्रधान, त्रि.वि. रसायन शास्त्र विभागमा कार्यरत प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन गरी सह–परीक्षा नियन्त्रक छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी दिएको अनुसन्धानकाक्रममा पाइएको छ।

अख्तियारले जनाए अनुसार प्रसाईंले २०८१ कात्तिक २६ गते सह–परीक्षा नियन्त्रक पदमा आवेदन दिई विद्यावारिधि वापतको अंकसमेत प्राप्त गरी अन्तिम नामावलीको १ नम्बरमा सिफारिस भएका थिए । प्रसाईं त्रिवि रजिष्ट्रारबाट २०८१ मंसिर १८ गते क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि सह–परीक्षा नियन्त्रक पदमा सोही साल मंसिर १९ गतेदेखि लागू हुने गरी नियुक्ति लिन सफल भएका थिए।

आवेदन साथ पेश गरेको कागजातहरुलाई आधार मानी छनोट तथा सिफारिस सम्बन्धी आधार तथा गणनामा उल्लेख भएको ९ वटा आधारहरू मध्ये विद्यावारिधि वापत ८ अंक सामूहिक रुपमा प्रदान गरी अन्तिम नामावलीको १ नम्बरमा सिफारिस गरेको कार्यसमेत वदनियतपूर्ण रहेको दाबी अख्तियारको छ। 

 

प्रकाशित मिति: २१:३९ बजे, बुधबार, मंसिर १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्