धनगढीमा युवा संघ र जेनजीहरुविच झडप, केही घाइते
एक कार्यक्रममा भाग लिन एमाले नेता महेश बस्नेत धनगढी पुगेपछि तनाव र झडपको स्थिति आएको हो। बस्नेतको विरोधमा जेनजीहरू प्रदर्शनमा उत्रेका थिए।
धनगढी, मंसिर १० : धनगढीमा नेकपा (एमाले) को भातृ संगठन युवा संघ र जेनजीहरुविच झडप भएको छ।
एक कार्यक्रममा भाग लिन एमाले नेता महेश बस्नेत धनगढी पुगेपछि तनाव र झडपको स्थिति आएको हो। बस्नेतको विरोधमा जेनजीहरू प्रदर्शनमा उत्रेका थिए।
धनगढीमा आयोजित युवा सङ्घको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न बस्नेत कैलाली पुगेका हुन् । बस्नेतको विरोधमा धनगढीको हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
नेता बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी युवा र एमालेको भातृसङ्गठन युवाबिच झडप भएको थियो।
प्रहरीको सुरक्षा घेरामा रहेका जेनजी अगुवा सरिता जोशीसँगै केही युवाहरू घाइते भएको जनाइएको छ । जेनजीहरूले विभिन्न नारा लगाउँदै एमाले नेता बस्नेतको विरोध गरेका थिए।
प्रकाशित मिति: २१:३३ बजे, बुधबार, मंसिर १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)