Kathmandu Press

सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ

जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि पक्राउ गरिएको हो।
सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ

काठमाडौं, मंसिर १० : भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा नेपाल ल क्याम्पसका तत्कालीन स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन् । उनी तत्कालिन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता समेत थिए।
 
जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि पक्राउ गरिएको हो। उनलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप्ने तयारी भइरहेके छ। 

उनी २०७९ मा भएको स्ववियू निर्वाचनमा नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

Hardik ivf

अदालतमा आगजनी र तोडफोड गरेर क्षति पु¥याउनेमाथि  कानुनी कारवाहीको माग गर्दै अदालतकातर्फबाट जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भइसकेको छ। 

प्रहरीले २४ भदौमा अदालतमा आगजनी र तोडफोड गर्ने कार्यमा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ जारी राखेको छ। 

 

प्रकाशित मिति: १७:११ बजे, बुधबार, मंसिर १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्