Kathmandu Press

कांग्रेसका कार्यबहाक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा छलफलमा

महाधिवेशन आगामी फागुन २३ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन नेतात्रय छलफलमा जुटेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठक भोली विहीबार बस्दै छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

Hardik ivf

काठमाडौं, मंसिर १० : नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन विवाद सुल्झाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल चलिरहेको छ  । 

महाधिवेशन आगामी फागुन २३ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन नेतात्रय छलफलमा जुटेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठक भोली विहीबार बस्दै छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।
 
महाविशेन विवादका कारण गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । काबा सभापति खड्का र महामन्त्रीद्वयवीच भएको छलफलमा भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा एउटा सहमतिको कार्यतालिका प्रस्तुत गर्ने विषयमा सहमतीको प्रयास भइरहेको बताइएको छ । 
 
प्रकाशित मिति: १५:११ बजे, बुधबार, मंसिर १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्