Kathmandu Press

एमाले नेता महेश बस्नेतको विरोधमा धनगढीमा पनि प्रदर्शन

जेनजीहरुले एमले पालिव्यूरो सदयसमेत रहेका बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन्।
एमाले नेता महेश बस्नेतको विरोधमा धनगढीमा पनि प्रदर्शन

धनगढी, मंसिर १० : एमाले नेता महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा पनि विरोध प्रदर्शन भएको छ।

बुधबार बिहान जेनजी युवाहरू धनगढी बजारमा प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएका हुन्। जेनजीहरुले एमले पालिव्यूरो सदयसमेत रहेका बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन्। 

यसअघि गत ४ मंसिरमा बाराको परवानीपुरमा एमालेको कार्यक्रममा सहभागी हुन जान थालेका बस्नेतको विरोधमा जेनजी युवाले प्रदर्शन गर्दा कफ्र्यु आदेश जारी गर्नु परेको थियो । दुई दिनसम्म बाराको सिमरा क्षेत्र अशान्त बनेको थियो।

त्यसपछि मंसिर ७ गते इटहरीमा आयोजित अर्को कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा जेनजी युवाले रङ छ्यापेका थिए। 

मंगलबार सुर्खेतमा पनि बस्नेत सहभागी कार्यक्रमको हल बाहिर जेनजी युवाहरुले विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, मंसिर १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्