Kathmandu Press

महाधिवेशन विवादले कांग्रेसमा विभाजन अवस्था ल्याउन सक्ने डा.कोइरालाको चेतावनी

‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ। त्यसमा हस्ताक्षर प्रमाणीकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो,’ डा.कोइरालाले भने।
महाधिवेशन विवादले कांग्रेसमा विभाजन अवस्था ल्याउन सक्ने डा.कोइरालाको चेतावनी

काठमाडौं, कात्तिक २५ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाधिवेशनको विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने बताएका छन्। 

नेता कोइरालाले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा यस्तो चेतावनी दिएका हुन्। 

Hardik ivf

‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ। त्यसमा हस्ताक्षर प्रमाणीकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो,’ डा.कोइरालाले भने।

कोइरालाले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउन सक्ने भनाई उनको थियो। केन्द्रीय समिति बैठकले नै उपयुक्त निकास दिनुपर्ने भनाइ कोइरालाको छ  बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेको पनि उनले बताए। 

‘मैले केन्द्रीय समितिको बैठकले नै निर्णय ग¥यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यहीबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘५५  प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन। बाध्यात्मक हुन्छ। तर पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं।’

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, कात्तिक २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्