Kathmandu Press

दीर्घकालीन महत्वका निर्णय नगर्न मुख्यमन्त्री यादवलाई सर्वोच्चको अन्तरिम आदेश

निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कात्तिक २४ गते होटलमा मुख्यमन्त्री यादवलाई शपथ गराएपछि सर्वोच्च परेको रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। 
दीर्घकालीन महत्वका निर्णय नगर्न मुख्यमन्त्री यादवलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, कात्तिक २५ : सर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कात्तिक २४ गते होटलमा मुख्यमन्त्री यादवलाई शपथ गराएपछि सर्वोच्च परेको रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। 

मंगलबार जारी सर्वोच्चको अन्तरिम आदेशमा मुख्यमन्त्री यादवलाई रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका नीतिगत निर्णय नगर्न भनिएको छ। 

एमाले संसदीय दल नेता रहेका यादव सबैभन्दा ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्री नियुक्त भएका थिए । विरोधका कारण यादवको पदबहालीसमेत भएको छैन। 

मुख्यमन्त्री यादवको नियुक्त प्रकरणमा विवादमा परेपछि प्रदेश प्रमुख भण्डारीलाईसरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेका थिए। 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, कात्तिक २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्