Kathmandu Press

कांग्रेस प्रवक्ता डा.महत भन्छन्– पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती 

‘हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाईलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ। अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ,’ उनले भने।
कांग्रेस प्रवक्ता डा.महत भन्छन्– पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती 

काठमाडौं, कात्तिक २५ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे। 

Hardik ivf

‘हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाईलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ। अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ,’ उनले भने।

उनले महाधिवेशनको विषयमा केही निर्णय भइनसकेको भन्दै बैठकको अन्तिम दिनसम्म सबैको एकमत निर्णय आउने जानकारी दिए। राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन उपयुक्त नहुने उनको भनाई छ। 

‘यतिबेला महाधिवेशन प्रमुख विषय बनेको छ । १५औं अधिवेशन गर्नुपर्छ भन्नेमा सबैको एकमत छ। तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन कति उपयुक्त छ र सँगै त्यसको लागि यथेष्ट छलफल पुगेको छैन। बैठकको अन्तिमसम्म एकतापूर्ण निष्कर्षमा हामी पुग्छौं,’ उनले भने। 

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, कात्तिक २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्