Kathmandu Press

कांग्रेसमा ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ : रसाइली 

‘आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ,’ बैठकमा बोल्दै रसाइलीले भने।
कांग्रेसमा ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ : रसाइली 

काठमाडौं, कात्तिक २५ : कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको दाबी गरेका छन्। 

कांग्रेस केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। 

‘आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ,’ बैठकमा बोल्दै रसाइलीले भने। उनी महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य समेत हुन्। 

उनले ६ लाख क्रियाशील सदस्यता नवीकरण भएको पनि बताए। उनको दाबी अनुसार २३८ वडामा मात्रै क्रियाशिल विवाद रहेको छ।

नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता नवीकरण नभएको भनाई रसाइलीको छ। 

‘तपाईंहरूको जिल्लामा तपाईंहरूकै सभापति हुनुहुन्छ, आफ्नो आफ्नो जिल्लामा क्रियाशील नवीकरणका लागि पहल गर्नुपर्दैन? केन्द्रीय कार्यालयबाट ३६ पटक ताकेता गरेको छ। अनि काम गरेन भन्ने ?,’ उनले भने।

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, कात्तिक २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्