Kathmandu Press

संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने

मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसाकुमारी दहालले उक्त जानकारी दिँदै तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन्।
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने

काठमाडौं, कात्तिक २५ : राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसाकुमारी दहालले उक्त जानकारी दिँदै तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन्।

‘संघीय इकाइबीचको विधायिकी अन्तरसम्बन्ध विषयमा प्रदेश र स्थानीय तहमा प्रत्यक्ष अध्ययन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेका छौं,’ सभापति दहालले भनिन्।

बैठकले अध्ययन भ्रमणको मिति भने कार्यपरामर्श समितिले तोक्ने जनाएको छ। कार्यपरामर्श समिति बुधबार बस्ने निर्धारित भएको छ। सो अवसरमा समितिको वार्षिक प्रतिवेदनसम्बन्धी विषयमा पनि छलफल भएको समितिले जनाएको छ।

समितिले अध्ययनपछि प्रतिवेदन तयार पारेर संबंधित निकायलाई आवश्यक सुझावसमेत दिने तयारी गरेको छ। 

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, कात्तिक २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्