Kathmandu Press

चुनावअघि विशेष नीति महाधिवेशन गर्न कांग्रेस केन्द्रीय सदस्य कार्कीको प्रस्ताव

चुनावअघि गरिने विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाउन सकिने भन्दै उनले मध्यमार्गी धारणा राखेका हुन्। 
चुनावअघि विशेष नीति महाधिवेशन गर्न कांग्रेस केन्द्रीय सदस्य कार्कीको प्रस्ताव

काठमाडौं, कात्तिक २५ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावअघि विशेष नीति महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

मंगलबार केन्द्रीय समितिको बैठकमा धारणा राख्नेक्रममा कार्कीले यस्तो प्रश्ताव गरेका हुन्। चुनावअघि गरिने विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाउन सकिने भन्दै उनले मध्यमार्गी धारणा राखेका हुन्। 

चुनावपछि नियमित महाधिवेशन गर्न सकिने उनको भनाई छ । कार्कीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको परिस्थितिमा चुनावअघि विशेष महाधिवेशन गर्न उपयुक्त हुने, तर नीति महाधिवेशनका रूपमा गर्न उनको छ। 

अहिले कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन पक्षका नेता कार्कीले यस्तो धारणा ल्याएक हुन्। 

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, कात्तिक २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्