Kathmandu Press

नख्खु कारागारबाट फरार कालिबाबालाई पक्राउ गरी पुनः जेल पठाइयो  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरी पुनः कारागार पठाएको छ। नख्खु कारागारमा थुनामा रहेका उनी भदौ २४ मा फरार भएका थिए।
नख्खु कारागारबाट फरार कालिबाबालाई पक्राउ गरी पुनः जेल पठाइयो  

काठमाडौं, कात्तिक २५ : हाडनाता करणीमा २५ वर्ष जेल सजाय तोकिएका कालीबाबा भनिने भरत लामिछाने नख्खु कारागारबाट फरार रहेको दुई महिनापछि पक्राउ परेका छन्।

लामिछाने जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए। उनी कालिबाबाको रुपमा चिनिन्थे। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरी पुनः कारागार पठाएको छ। नख्खु कारागारमा थुनामा रहेका उनी भदौ २४ मा फरार भएका थिए।

काठमाडौं जिल्ला अदालतल हाडनाता करणी अभियोगमा लामिछानेलाई २५ वर्ष कैद र १ लाख जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ। लामिछाने अझै १४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा फरार रहेका थिए। 

जिल्लाको फैसलालाई उच्च अदालत पाटनले सदर गरेको थियो । लामिछानेलाई पक्राउपछि  नख्खु कारागारमै पठाइएको छ। 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, कात्तिक २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्