Kathmandu Press

निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू

मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पुनःनिमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन्।  
निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू

काठमाडौं, कात्तिक २५ : अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पुनःनिमार्ण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन्। 

मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पुनःनिमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन्।  

Hardik ivf

‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियौ, बीमा कम्पनीहरुले पूर्ण मूल्यांकन हुनुभन्दा अगाडी नै अनुमान गरिएको रकमको ५० प्रतिशत अग्रिम दिनुपर्छ । ताकी व्यवसायीहरुले त्यो अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरौं भनेर गरेको त्यो अहिले कार्यान्वयनमा छ, अहिले ठाउँ ठाउँमा निजी क्षेत्रले आफ्नो  सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेका छन्,’ उनले भने।

उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायिहरुले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए। 

‘बीमा कम्पनीहरुबाट करिब २७ अर्बको निजी क्षेत्रको क्षेति भएको अनुमान बीमा कम्पनीहरुमा प्रस्तुत भएको छ। जसमध्येमा साढे ३ अर्ब जतिको सर्भिवरले मूल्यांकन गरिसकेको छ। साढे ३ अर्बमा पनि २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको छन्,’ उनले भने, ‘कतिपयको त काम व्यवसायिक काम नै प्रारम्भ गरेका छन्। चन्द्रागिरीले पनि दुई दिन अगाडी घोषणा नै गरेको थियो। भाटभटेनीको दुई तीन वटा स्टोरहरु अव दुई महिनामा खोल्ने भन्नुभएको छ।’

मन्त्री खनालले व्यवसायीहरुको लागि राष्ट्र बैंकले थप कर्जा लिनु परेमा थप कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको समेत बताए। 

बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरु सम्बन्धमा छलफल भएको थियो। 

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, कात्तिक २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्