Kathmandu Press

७ दलका सांसदहरु मधेश प्रदेशसभा भवन अगाडि धर्नामा

मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतका सात दलका सांसदहरूले आज प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन्।
७ दलका सांसदहरु मधेश प्रदेशसभा भवन अगाडि धर्नामा

धनुषा, कात्तिक २५ : सात राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन्।

मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतका सात दलका सांसदहरूले आज प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन्।

Hardik ivf

सरकार गठनविरुद्ध एमालेबाहेकका दलहरूले आजै सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेका छन्। सर्वोच्चले पेसी बुधबारलाई तोकेको छ।

गत आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एकाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सो घटना पनि मधेशमा विवाद चर्किएको थियो। 

होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरिसकेको छ। 

प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, कात्तिक २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्