Kathmandu Press

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदी पदमुक्त

मन्त्रिपरिषद्को कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेका हुन्। 
राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदी पदमुक्त

काठमाडौं, कात्तिक २५ : राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। 

मन्त्रिपरिषद्को कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेका हुन्। 

Hardik ivf

मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो।

एमालेको निर्देशनमा सरकार गठनका लागि आव्हान नै नगरी ठूलो दलको हैसियतमा एमाले मधेश प्रदेशका संसीयद नेता सरोजकुमार यदावलाई एक होटलमा सुटुक्क सपथ ग्रहण गराएपछि भण्डारी विवादमा परेकी थिइन्। 

उनको निर्णयविरुद्ध सोमबार जनकपुरम प्रदर्शन भएको थियो भने प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको थियो। भण्डारीका सो निर्णयविरुद्ध नेपाली कांग्रेससहितका ८ दलले सर्वोच्च अदालतमा सोमबार नै रिट दर्ता गरेका छन्।

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, कात्तिक २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्