Kathmandu Press

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, कात्तिक २५ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। 

बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

असोज २८ गतेदेखि चलिरहेकाे बैठक नेता माेहमद अफ्ताव आलमको निधनपछि दुई दिन स्थगित गरिएको थियाे।

बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल भइरहेको छ भने महाधिवेशन कहिले गर्ने भन्नेबारे नेताहरु फरक–फरक धारणा राखिरहेका छन्। 
 
प्रकाशित मिति: १०:०९ बजे, मंगलबार, कात्तिक २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्