Kathmandu Press

पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

रोमाञ्चक बनेको खेलको पहिलो हाफको आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए । उक्त खेलको २६ औं मिनेटमा गोल गर्दै वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाएका थिए ।
पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं, कात्तिक २४ : पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ । पिएसजीका लागि जोएओ नेभेसले निर्धारित समयपछि थप भएको समयको पाँचौं मिनेटमा हेडमार्फत् गोल गरेका हुन् ।

रोमाञ्चक बनेको खेलको पहिलो हाफको आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए । उक्त खेलको २६ औं मिनेटमा गोल गर्दै वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाएका थिए ।

Hardik ivf

खेलको ३० औं मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए भने ३३ औं मिनेटमा पिएसजीका खिभिखा काभारात्खेलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

अतिरिक्त समयकै तीन मिनेटमा लियोनका डिफेन्डर निकोलस टयाग्लियाफीको लगातार दोस्रो पहेँलो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए । त्यसपछिको दुई मिनेटमै खेल रोमाञ्चक ढंगले पिएसजीको पक्षमा पुग्यो ।

दोस्रो हाफको ५० औं मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा पिएसजीले अतिरिक्त समयमा बाजी मारेको हो ।

यो जितसँगै १२ खेल खेलेको पिएसजी २७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, कात्तिक २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्