तत्कालिन माओवादीभित्रको किचलाेले ढल्याे मधेश सरकार
सोनलको राजीनामा शनिबारै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट स्वीकृत भइसकेको छ। सोनाल गत असोज २९ गते माओवादी केन्द्रसहित पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
काठमाडौं, कात्तिक २३ : प्रदेशसभाबाट विश्वसको मत नपाउने अवस्था देखेपछि शनिबार शनिबार मधेश प्रदेशको मुख्यमन्त्रीबाट जितेन्द्र सोनालले पदबाट राजीनामा दिए । उनको राजिनामापछि मधेश प्रदेश सरकार २५ दिनमै ढल्यो।
सोनलको राजीनामा शनिबारै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट स्वीकृत भइसकेको छ। सोनाल गत असोज २९ गते माओवादी केन्द्रसहित पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
शनिबारको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला कर्णले विश्वासको मत नदिने घोषणा गरेपछि सोनल संकटमा परेका थिए। त्यसलगत्तै उनले प्रदेशसभामा विश्वासको मतै नमागी पदबाट राजीनामाको घोषणा गरे।
विश्वासको मत नदिने निर्णय तत्कालिन माओवादी केन्द्रकी सांसद् कर्णले संचारमाध्यमसँग ‘साहलाई दलको नेता बनाउने केन्द्रको निर्णयले यस्तो अवस्था सिर्जना भएको,’ भन्दै प्रतिक्रिा दिएकी छिन् ।
सोनललाई विश्वासको मत नदिनुमा तत्कालिन माओवादी केन्द्रका सांसदले भरत साहलाई दलको नेता बनाउने केन्द्रको निर्णय नै मुख्य कारण देखिएको छ। तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डले केही दिनअघि साहलाई माओवादीको मधेस प्रदेश संसदीय दलको नेतामा पुनःस्थापना गरेका थिए।
मधेस प्रदेशका सभामुखलाई पत्र पठाउँदै साह नै संसदीय दलको नेता रहेकाले सोही अनुसार गर्न भनेका थिए । गत कात्तिक १७ गते प्रचण्डले साह नै आफ्नो पार्टीको संसदीय दलको नेता भन्दै प्रदेश सभामुखलाई पत्र पठाएका थिए। त्यसैको असर मधेश प्रदेश सरकारमा देखिएको हो।
साहको नैतिक चरित्रमाथि प्रश्न उठेपछि गएको जेठ तेस्रो साता साहले मधेस संसदीय दलको नेता र माओवादीको केन्द्रीय सदस्य दुबै पदबाट राजीनामा दिएका थिए। साहलाई संसदीय दलको नेता बनाउन मातृका यादवले प्रचण्डलाई दबाब दिएको बताइन्छ।
विवादमा परेका साहलाई पुनः फेरि संसदीय दलको नेता बनाइएपछि माओवादीका कतिपय प्रदेश सांसदलाई चित्त बुझेको थिएन । साहलाई संसदीय दलको नेतामा पुनःस्थापना गर्न नहुने भन्दै माओवादी मधेस प्रदेशका ६ जना सांसदले सामूहिक रूपमा प्रचण्डलाई पत्रसमेत पठाएका थिए।
प्रचण्डले बहुमत सांसदको आग्रहलाई वेवास्ता गर्दै साहलाई संसदीय दलको नेतामा पुनःस्थापना गरेपछि अवस्था विस्फोटक बनेको हो । साहको पक्षमा सांसद शारदा पहाडी मात्र रहेको बताइन्छ । अर्का माओवादी सांसद् युवराज भट्टराई (समिर) तटस्थ अवस्थामा थिए।
प्रदेशसभामा बोल्दै माओवादी सांसद् रहबर अन्सारीले बनिबार आफ्नै अनुहारमा कालोमोसो दलेर केन्द्रले निर्णय लाद्ने काम गरेको भन्दै विरोध प्रकट गरेका थिए। जेनजी आन्दोलनले देशको अवस्था बदलिए पनि नेताहरूको चरित्र नबदलिएको भन्दै अन्सारीको आक्रोश थियो।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





