Kathmandu Press

शिक्षक संघ–संगठन स्वतन्त्र बनाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र संलग्न भए पदबाट वर्खास्त गर्न सकिने पत्रमा उल्लेख छ। 
शिक्षक संघ–संगठन स्वतन्त्र बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, कात्तिक २३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक संघ संगठनलाई गैर राजनीतिक, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन निर्देशन दिएका छन्। त्यसको ती संघहरु पुनर्गठन गर्न आव्हान गरेका छन्।

आइतबार एक पत्रमार्फत ध्यानार्षण गराउँदै उनले शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए कारबाही गर्ने बताएका छन्। शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र संलग्न भए पदबाट वर्खास्त गर्न सकिने पत्रमा उल्लेख छ। 

‘कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट वर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु,’ मन्त्री पुनले भनेका छन्।

यस्तै, उनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ सङ्गगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय भएको बताएका छन्। 

‘संघ सङ्गठनहरुलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानूनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु,’ उनले भनेका छन्।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, कात्तिक २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्