Kathmandu Press

प्रतिनिधिसभा पुनर्स्थापनाको लागि कांग्रेसले पनि सुरु गर्‍याे हस्ताक्षर अभियान

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्तरिम सरकारको गठन र संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गरेको छ। 
प्रतिनिधिसभा पुनर्स्थापनाको लागि कांग्रेसले पनि सुरु गर्‍याे हस्ताक्षर अभियान

काठमाडौं, कात्तिक २३ : संसद् पुनर्स्थापनाको पक्षमा दबाब सिर्जना गर्न नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्।

हस्ताक्षर अभियानको सुरुवात भइसकेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्तरिम सरकारको गठन र संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गरेको छ। 

Hardik ivf

पार्टीले नै नयाँ सरकार गठन र संसद विघटन असंवैधानिक भनिसकेको अवस्थामा सर्वोच्च अदालत जान हस्ताक्षर क्याम्पेनिङ सुरुवात गरिएको हो। हस्ताक्षर क्याम्पेनिङको नेतृत्व विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले गरेका छन्। 

हस्ताक्षर संकलनपछि विघटित प्रतिनिधिसभाका सांसदहरूले तयार पारेको हस्ताक्षरको सूची पार्टीमा बुझाइने भएको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित  १६ वटा रिट निवेदन परिसकेका छन्। 

संसदबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। त्यसलगतै अन्तरिम सरकारले आगामी फागुन २१ का लागि चुनावको मिति घोषणा गरिसकेको छ। 

एमालेले पनि प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै हस्ताक्षर क्याम्पेन चलाएको छ । 

प्रकाशित मिति: १५:२६ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्