अमेरिकन आइडलको टप ५ मा पुगे नेपाली युवा दिवेश
काठमाडौं, जेठ ५ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।
गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले....

काठमाडौं, जेठ ५ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।
गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् । आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो ।
दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ। यसैको आधारमा उपाधि विजेताको आजै छिनोफानो हुनेछ ।
सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ।
प्रकाशित मिति: ०६:४८ बजे, सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












