Kathmandu Press

निर्वाचनको सफलताका लागि प्रभावकारी ढंगले काम गर्न मिडियालाई राष्ट्रपतिको सुझाव  

लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहने भनाईसमेत राष्ट्रपति पौडेलको थियो। 
निर्वाचनको सफलताका लागि प्रभावकारी ढंगले काम गर्न मिडियालाई राष्ट्रपतिको सुझाव  

काठमाडौं, कात्तिक २३ : राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गरी लोकतन्त्रलाई अझ उन्नत बनाउन आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले आइतबार सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै यस्तो भनाई राखेका हुन्। पौडेलले फागुन २१ मा तोकिएको निर्वाचन सफल पार्न सञ्चारमाध्यमहरूले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने पनि बताए। 

Hardik ivf

लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहने भनाईसमेत राष्ट्रपति पौडेलको थियो। 

सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको नभई नागरिकको संस्था भएको बताउँदै सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिक र राष्ट्रहितमा काम गर्नुपर्ने सुझाव पनि राष्ट्रपति पौडेलले दिए।

राष्ट्रपतिले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । इन्टरनेट प्रविधिको दुरुपयोग गरी भ्रम फैलाउने खतराबाट जनतालाई जोगाउन जिम्मेवार आमसञ्चार माध्यमको ठूलो दायित्व रहेको पनि पौडेलले बताए। 
 
प्रकाशित मिति: १४:२४ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्