जीबी राईका जेठान बम्जन ठमेलबाट पक्राउ
बम्जन जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट फरार भएका थिए। बम्जन ठमेलबाट पक्राउ परेका हुन्।
काठमाडौं, कात्तिक २३ : स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा थुनामा रहेको अवस्थामा भागेका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्।
बम्जन जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट फरार भएका थिए। बम्जन ठमेलबाट पक्राउ परेका हुन्।
स्वर्णलक्ष्मी ठगी प्रकरणमा पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान चलिरहेका बेला जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते उनी भागेका थिए। उनी गीतेन्द्रबावु राई (जीबी) का जेठान हुन्।
सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा पनि उनलाई काश्की अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
प्रहरी अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।
स्वर्णलक्ष्मी प्रकरणमा बम्जनविरुद्ध पूरक अनुसन्धान पेस गर्ने तयारी भइहेको छ।











