Kathmandu Press

बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष- गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्

‘गरिबको घर भत्काउँदाखेरि कतै तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् । सुकुम्बासीमाथि भइरहेको अत्याचार सह्य छैन।’
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष- गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्

काठमाडौं, कात्तिक २३ : विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन्। आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरेका छन्।

सुकुम्बासी बस्तीमा भएको भेलामा स्थानीयलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनमा उनिहरुलाई पनि सहभागी हुन आग्रह गरे। सुकुम्बासी बस्तीमाथि भइरहेको अन्यायका विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रसाईँले भने, ‘गरिबको घर भत्काउँदाखेरि कतै तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् । सुकुम्बासीमाथि भइरहेको अत्याचार सह्य छैन।’

उनले काठमाडौं महानगरलाई सुकुम्बासी बस्तीमा अत्याचार गर्नु अघि बालमन्दिर खाली गर्न चुनौती दिए। ‘पहिला बालमन्दिर खाली गर्नुहोस्, त्यसपछि मात्रै सुकुम्बासी बस्तीमा आँखा लगाउनुहोस्। भूमीहिनका घर भत्काउनु भन्दा अगाडि घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरौं,’ प्रसाईँले भने।

आफू गरिब र उत्पीडित वर्गको पक्षमा रहेको दाबी समेत उनले गरे । उनले सुरक्षा दिन सके आफू सुकुम्बासी बस्तीमै बस्न तयार रहेको समेत बताए । प्रसाईँले मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन ‘नेपाल बन्द’ आन्दोलनमा साथ दिन सर्वसाधारणलाई आग्रह गरे।

‘म गरिबको मान्छे हो, दुर्गा प्रसाईँ भनेको लुगा नलागाएको जोगी हो । तपाईंहरूले सुरक्षा दिनुभयो भने म यही सुकुम्बासी बस्तीमै बस्न तयार छु,’ उनले भने, ‘अब आउने मंसिर ७ गते तपाईंहरूलाई बचाउने मान्छे पूर्वबाट उदाएको छ। म तपाईंहरूको साथमा सडकमा आउन चाहन्छु, तपाईंहरूलाई बचाउन चाहन्छु।’
 

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, कात्तिक २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्