Kathmandu Press

‘शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन’

‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन।’
‘शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन’

काठमाडौं, कात्तिक २३ : गृहमन्त्री ओमप्रकाश अर्यालले आफूहरुले शुद्धचित्तले काम गरिरहेको उनले बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्।

जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्रीको कार्याशैलीमा प्रश्न उठाएपछि उनले आफूहरुले काम गरिरहेको, तर के गरिरहेका छौं भन्नसमेत नमिल्ने बताए।

‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन।’

सुशासनको बाटो हिँडेर निर्वाचन गरेर देशलाई निकास दिने अभिभार सरकारले पुरा गर्ने उनले बताएका छन्। 

प्रकाशित मिति: १०:३९ बजे, आइतबार, कात्तिक २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्