Kathmandu Press

आलमको निधनमा कात्र्तिक २३ गते देशभरका कांगेस कार्यालय बन्द गर्ने

स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक २३ गते बिहान ११ः३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कात्तिक २५ गते दिउँसो ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि पौडेलले बताए। 
आलमको निधनमा कात्र्तिक २३ गते देशभरका कांगेस कार्यालय बन्द गर्ने

काठमाडौं, कात्तिक २२ : शनिबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकमा अन्य विषयमाथि छलफल भएन्। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक आलमको निधनप्रति शोक प्रस्ताव पारित गरी सकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। 

Hardik ivf

स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक २३ गते बिहान ११ः३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कात्तिक २५ गते दिउँसो ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि पौडेलले बताए। 

आजको बसेको आकस्मिक बैठकले आलमप्रति उच्च सम्मान गर्दै शोक कार्यक्रमहरुको समेत निर्धारण गरेको छ। 

कात्र्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, कात्र्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ। 

Photo-(1)-(69)-1762593811.jpg
 

आलम वि.सं.२०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए भने राजनीतिक जीवनमा उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए। 
वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका उनी वि.सं. २०६७ मा सम्पन्न पार्टीको बाह्रौं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, कात्तिक २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्