Kathmandu Press

पूर्वमन्त्री तथा कांग्रेस नेता आलमको निधन

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो।
पूर्वमन्त्री तथा कांग्रेस नेता आलमको निधन

काटमाडौं, कात्तिक २२ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिबार बिहान निधन भएको छ।

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो।

Hardik ivf

काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत आलमलाई केहि दिन देखि भेन्टिलेटरमा राखिएको थियो उनको उपचारका क्रममा शनिबार बिहान निधन भएको काँग्रेस नेता देवप्रसाद तिमल्सिनाले बताए। आलमको पार्थिव शरीरलाई रौतहट लैजाने तयारी भएको उनले जानकारी दिए।

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन्। राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन्। 

२०५६ र २०६४ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा चुनाव जितेका आलम श्रम राज्यमन्त्री, वन राज्यमन्त्री, स्थानीय विकास राज्यमन्त्री र भूमिसुधार मन्त्री बनिसकेका थिए। 

कांग्रेसभित्र मधेसी–मुस्लिम समुदायको संगठित नेतृत्व निर्माण गर्ने मुख्य पात्रको रूपमा परिचित आलम २०६४ सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा राजपुरमा भएको बम विस्फोट आरोपमा करिब ६ वर्ष जेलमा रहे।

गत जेठमा उच्च अदालतले आदेश दिँदै उनीसहित केही आरोपीहरूलाई रिहा गरेको थियो। सो मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन।

 

प्रकाशित मिति: ०९:५५ बजे, शनिबार, कात्तिक २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्