Kathmandu Press

संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ,’ उनले भने।
संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

काठमाडौं, कात्तिक २१ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्।

नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले आज देश संकटमा र आफ्नो पार्टी समेत संकटमा रहेको बताए। 

‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ,’ उनले भने।

डा. महतले महासमितिको बैठकमा सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रीत भएको बताए  उनले २४ गतेको विध्वंशलाई ‘उपलब्धि’ मान्न  नसकिने बताए। 

‘नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलनप्रति हामी सहमत छौं तर २४ गते भएको विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिदैन,’ उनले भने, ‘सिंहदरबार, सर्वोच्च, संसद, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,’ उनले भने।

३६ साल, ४२ साल, ४६ र ६२÷६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै उनले थपे, ‘म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैं आत्मघाती बनेको देख्दा पीडा हुन्छ।’
 

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, कात्तिक २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्