Kathmandu Press

‘मेरै हातमा क्रियाशिल सदस्यताको कार्ड परेको छैन’

उनले बैठकमा क्रियाशिल सदस्यताको कार्य किन अघि बढेन? कसले रोक्यो ? भन्दै अब जवाफ मात्र होइन, कार्यान्वयन चाहिएको बताइन्।
‘मेरै हातमा क्रियाशिल सदस्यताको कार्ड परेको छैन’

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले अझैसम्म आफ्नो हातमा कांग्रेसको कृयाशील सदस्यता नपरेको बताएकी छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्नेक्रममा उपाध्यायले यस्तो भनाई राखेकी हुन्। 

‘यथार्थ के हो भने, म स्वयं सहमहामन्त्री हुँ, तर आजसम्म मेरो हातमा कृयाशील सदस्यताको कार्ड आएको छैन । हरेक वर्ष नवीकरण फारम भरेको छु, तर कार्ड पाउने कुरा कहिल्यै पूरा भएको छैन्। धेरै सदस्यहरू को गुनासो छ, सदस्यता नै हातमा छैन,’ उपाध्यायले बैठकमा भनिन्, ‘हामी कांग्रेस हौं कि के हौं थाहा छैन। हामीले कार्ड पाएका छैनौं।’ 

Hardik ivf

उनले बैठकमा क्रियाशिल सदस्यताको कार्य किन अघि बढेन? कसले रोक्यो ? भन्दै अब जवाफ मात्र होइन, कार्यान्वयन चाहिएको बताइन्। उनले महाधिवेशन नियमित गर्नुपर्छ भन्ने विषयमा सवैको सहमति रहेको पनि बताइन्। 

‘तर केवल तिथि मिथिमा अल्झेर समय वर्वाद गरीरहेका छौं। मैले बुझेअनुसार ५४% हस्ताक्षरको स्वर केवल विशेष अधिवेशनको माग नेतृत्व परिवर्तन मात्र होइन-पूर्ण रूपमा पुनरवलोकन, नीतिगत सुधार, नियमित अधिवेशन र नयाँ यात्राको संकेत हो यसलाई अनादार गर्न मिल्दैन, नगरौं,’ उनले भनिन्।

उनले अधिवेशनका लागि आवश्यक तयारी गरी विधान संशोधन समिति, निर्वाचन समितिलाई दिईने आवस्यक कार्यसूची, कृयाशिल छानविन समिति र समय तालीकाको संगठनात्मक थालनी तत्काल गर्न पनि माग गरिन्। 
 

प्रकाशित मिति: १८:४२ बजे, शुक्रबार, कात्तिक २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्