आयोगमा १२५ राजनीतिक दल दर्ता, १८ वटा प्रक्रियामा
उनले उच्चस्तरीय निर्वाचन सुरक्षाको बैठक पनि सम्पन्न भइसकेको जानकारी गराउँदै बैठकका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा पठाइसकिएको बताए।-(23)-1762519514.jpg)
काठमाडौं, कात्तिक २० : निर्वाचन आयोगले हालसम्म १२५ वटा राजनीतिक दलहरू दर्ता भएको जानकारी दिएको छ।
शुक्रबारसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन् । उनले १८ वटा राजनीतिक दलहरुले दर्ताका लागि आयोगमा निवेदन दिएको बताए।
प्रवक्ता भट्टराईका अनुसार १८ मध्ये ९ वटा राजनीतिक दलहरूले अघिल्लो आर्थिक वर्षमा कागजात पेश गरेपनि पुग्ने गरी कागजात पेश नगरेकाले विचाराधीन अवस्थामा रहेका छन्। ‘अहिले १८ वटा राजनीतिक दलहरू दर्ता प्रक्रियामा रहेका छन्,’ प्रवक्ता भट्टराईले भने।
उनले उच्चस्तरीय निर्वाचन सुरक्षाको बैठक पनि सम्पन्न भइसकेको जानकारी गराउँदै बैठकका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा पठाइसकिएको बताए। निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० गतेसम्म राखिएको जानकारी गराउँदै कार्तिक मसान्तसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका दलहरुले निर्वाचनमा भाग लिन दल दर्ता गर्नसक्ने पनि बताए।
बैठकमा राष्ट्रय सभासांसदहरुले निर्वाचनमा शान्ति–सुरक्षाको सुनिश्चिततामा सरकार र आयोगको ध्यानाकर्षण गराएका थिए।












