Kathmandu Press

प्रक्रियाबाटै कांग्रेस अधिवेशन गर्नुपर्छ : रायमाझी 

‘अहिले महाधिवेशनबारे विवाद किन? चार वर्ष अगाडि मंसिर २७ गते आउँछ भन्ने थाहा थिएन। कार्यसमितिमा रहेकाहरूलाई? किन सुतेर बस्नुभयो? त्यसैले प्रक्रियाबाट अधिवेशन गर्नुपर्छ। कसैले भाँड्न पाइँदैन। सहमतिमा अधिवेशन गरेर निर्वाचन लड्ने हो। निर्वाचनमा कांग्रेस नलडे को लड्छ?,’ उनल भने।
प्रक्रियाबाटै कांग्रेस अधिवेशन गर्नुपर्छ : रायमाझी 

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले कांग्रेसको महाधिवेशन तयारी नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै रायमाझीले यस्तो असन्तुष्टी पोखेका हुन्। उनले सहमतीमा अधिवेशन गरी निर्वाचनमा जानुपर्ने पनि बताए। 

‘अहिले महाधिवेशनबारे विवाद किन? चार वर्ष अगाडि मंसिर २७ गते आउँछ भन्ने थाहा थिएन। कार्यसमितिमा रहेकाहरूलाई? किन सुतेर बस्नुभयो? त्यसैले प्रक्रियाबाट अधिवेशन गर्नुपर्छ। कसैले भाँड्न पाइँदैन। सहमतिमा अधिवेशन गरेर निर्वाचन लड्ने हो। निर्वाचनमा कांग्रेस नलडे को लड्छ?,’ उनल भने।

उनले फागुनमा निर्वाचन पनि नहुने, संसद् पुनर्स्थपना पनि नहुने दाबी समेत गरे। 

‘संसद् पुनर्स्थना गर्न तपाईंहरूले उजुरी नहाल्ने, अरूले गर्दिनुपर्ने? सांसदहरूले केन्द्रीय समितिमा जानकारी गराउनु पर्दैन संसदबारे? तपाईंहरु सरकारमा जाने के भएर ढल्यो सरकार?,’ रायमाझीले भने । 

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्