Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्य पौडेलको प्रश्न– आफुले काम नगर्ने, अरुलाई दोष दिएर उम्किने? 

आफुले ४५ वर्षको सक्रिय राजनीतिक यात्रामा वर्तमान पदाधिकारीहरु र संसदीय समितिका नेताका हातबाट अहिले सम्म वार्ड अध्यक्ष पदको टिकट सम्म नलिएको र आफुहरुले खटेर पार्टी बनाउन लागे पनि जलाएर खरानी घस्न होडवाजी गरेको टिप्पणी पौडेलले गरे। 
कांग्रेस केन्द्रीय सदस्य पौडेलको प्रश्न– आफुले काम नगर्ने, अरुलाई दोष दिएर उम्किने? 

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण पौडेलले केन्द्रीय समिति बैठकमा महाधिकवेशनको बिषयलाई लिएर तिखो टिप्पणी गरेका छन्। 

पौडेलले कागजमा पेश गरेका भरमा, प्रायोजित अनलाइन, पत्रिका र सामाजिक संञ्जालमा आकर्षक डिजाइनमा सामग्री प्रकाशित गर्दैमा अधिवेशन नहुने दाबी गरे। कमजोरीमा आत्माआलोचना गरेर काम गर्न सुझाव दिँदै उनले भने, ‘काम गर्नुहोस् महाधिवेश हुन्छ। आफूले काम नगर्ने, अरुलाई दोष दिएर उम्किन मिल्दैन महोदय।’ 

आफुले ४५ वर्षको सक्रिय राजनीतिक यात्रामा वर्तमान पदाधिकारीहरु र संसदीय समितिका नेताका हातबाट अहिले सम्म वार्ड अध्यक्ष पदको टिकट सम्म नलिएको र आफुहरुले खटेर पार्टी बनाउन लागे पनि जलाएर खरानी घस्न होडवाजी गरेको टिप्पणी पौडेलले गरे। 

‘बिशेष महाधिवेशनका लागि बकइदा हस्ताक्षर गर्नुहोस्। हस्ताक्षर गर्नै चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुहोस् भनेर पार्टी महामन्त्रीले आव्हान गर्ने हो?, भाद्र २४ गतेसम्म हस्ताक्षर नगरेकालाई के गर्नु हुन्छ? हस्ताक्षर गराएर अलपत्र पार्नुभयो भने तपाईहरुलाई इतिहासले के पुरस्कार देला?,’ केन्द्रीय सदस्य पौडेलले प्रश्न गर्दै भने, ‘महामन्त्रीज्यू तपाईहरुलाई ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भोट हालेका थिए। आज तपाईहरूले आव्हान गरेर करकापमा पारेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मात्र हस्ताक्षर भयो। ति सबै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान छ, तर तपाईहरूलाई भोट दिएका ९ प्रतिशतसाथीहरूले किन छाडे?’ 

पौडेलले मंसीर १ गतेदेखि पुष १५ गतेसम्म क्रियाशिल सदस्यहरु वितरण गरी प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यहरुको नामावली तयार गरी उम्मेदवार दर्ताको तयारी गर्नुपर्ने पनि प्रश्ताव समेत गरे। 

आगामी पौष १५ गते देखि फागुन २१ गते सम्म प्रतिनिधिसभाको चुनावमा जुट्ने र चैत्र महिनाभरी वार्ड तह देखि प्रदेश तहका सबै अधिवेशनहरु सम्पन्न गर्न पनि उनले सुझाए। 

‘भ्रष्ट्राचार र कुशासनका विरुद्ध लड्ने, कलम र मसाल अङ्कित रक्त रञ्जित भण्डाको कसम खाएर २०८३ वैशाख ६ गते नेविसंघको स्थापना दिवसको शुभ मुहुर्तमा पार्टीको १५ औं महाधिवेशन उद्घाटन गरौ,’ केन्द्रीय सदस्य पौडेलको प्रस्ताव छ। 


 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्