Kathmandu Press

विप्लवको नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत 

सनाखतपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव विप्लवले जनताको सेवा गर्ने पार्टीभन्दा अर्को साधन आफूहरुसँग नभएको भन्दै दल दर्ता गर्नुपर्ने बाध्यता रहेको बताए। 
विप्लवको नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत 

काठमाडौं, कात्तिक २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्।

शुक्रबार विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरु आयोग पुगेर सनाखत गरेका हुन्। 

दल दर्ताको निवेदन दिएको नेकपालाई दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन्।

सनाखतपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव विप्लवले जनताको सेवा गर्ने पार्टीभन्दा अर्को साधन आफूहरुसँग नभएको भन्दै दल दर्ता गर्नुपर्ने बाध्यता रहेको बताए। 

नेकपाले अहिलेसम्म देश र जनतालाई क्षति हुने कुनै काम नगरेको र गर्न पनि नदिएको दावी गर्दै उनले निर्वाचन मार्फत सिंगै देशलाई बदल्ने बताए। 

‘यो जनताको सेवा गर्ने पार्टीभन्दा अर्को साधन हामीसँग छैन। त्यसैले पनि दल दर्ता गर्नैपर्छ। यो नयाँ पार्टी हो त्यसैले जनताको इच्छा अनुसार नै कदम चाल्ने छ,’ उनले भने, ‘नेकपाले अहिलेसम्म देश र जनतालाई क्षति हुने कुनै काम गरेको छैन र गर्न पनि दिएको छैन, निरन्तर लड्दै आइरहेको छ। जनताको सुझाव अनुसार नै हामी संघर्षरत रहने छौं। निर्वाचनमा सिंगै देशलाई बदल्ने हो।’ 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्