Kathmandu Press

चितवनमा रास्वपाको विस्तारित बैठक

कात्तिक २१ र २२ गते दुई दिन सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।
चितवनमा रास्वपाको विस्तारित बैठक

चितवन, कात्तिक २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सुरु भएको छ। बैठक शुक्रबार बिहान चितवनको सौराहामा सुरु भएको हो।

बैठकमा पाँच सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने रास्वपाले जनाएको छ।

कात्तिक २१ र २२ गते दुई दिन सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ।

बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा।स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेश गरेका छन्। 

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ।

Photos-(4)-(2)-1762504920.jpg
 

प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्