Kathmandu Press

‘नेपाली कम्युनिस्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोग जाने तयारी 

दल दर्ताका लागि आवश्यक कागजात तयार पारेर आयोग जाने तयारी भइरहेको जनाइएको छ। अहिले दल दर्ताका लागि नेताहरू पार्टी कार्यालयमा हस्ताक्षर गर्न जुटेका छन्। 
‘नेपाली कम्युनिस्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोग जाने तयारी 

काठमाडौं, कात्तिक २१ : माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न १० वटा कम्युनिस्ट घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिएको छ।

दल दर्ताका लागि आवश्यक कागजात तयार पारेर आयोग जाने तयारी भइरहेको जनाइएको छ। अहिले दल दर्ताका लागि नेताहरू पार्टी कार्यालयमा हस्ताक्षर गर्न जुटेका छन्। 

Hardik ivf

सबै डकुमेन्ट पुरा भयो भने आजै आयोग जाने तयारी छ। आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिने नयाँ दलहरूलाई कात्तिक ३० गतेभित्र आयोगमा दल दर्ता गरिसक्न सूचना जारी गरेको छ। 

नवगठित पार्टीमा संयोजक र सहसंयोजक रहने, चुनाव चिह्न पाँचकुने तारा रहने सहमति भएपनि केन्द्रीय कमिटी कति रहने भन्ने एकतामा सामेल भएका पार्टीका केन्द्रीय सदस्यहरूको संख्या हिसाब गरेर आयोगमा बुझाइने छ।

गत बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी,नेकपा (समाजवादी), नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायत राजनीतिक पार्टी र समूह मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरिएको थियो।
 

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, कात्तिक २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्