Kathmandu Press

विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्यको सहमति

विप्लप निवासमा भएको छलफलमा समाजवादी कम्युनिस्ट पार्टीहरू राजनीतिक अन्योलको एकताबद्ध भएर सामना गर्नुपर्ने निश्कर्षमा पुगेको जनाइएको छ। 
विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्यको सहमति

काठमाडौं, कात्तिक २१ : नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालविच शुक्रबार आपसमा सहकार्य गरी अघि बढ्ने सहमती भएको छ। 

विप्लप निवासमा भएको छलफलमा समाजवादी कम्युनिस्ट पार्टीहरू राजनीतिक अन्योलको एकताबद्ध भएर सामना गर्नुपर्ने निश्कर्षमा पुगेको जनाइएको छ। 

Hardik ivf

पूर्वमाओवादी नेता शर्मा नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी नभएर अलग अभियानको तयारी थिए। उनले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरिसकेका छन्। भुसाल पनि पार्टी पुनर्गठनको अभियान चलाउने तयारीमा छन्। 

तीन नेताको छलफलमा सघन सहकार्यलाई अघि बढाउने  र आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने बिषयमा समेत कुराकानी भएको बताइएको छ । 

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, कात्तिक २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्