Kathmandu Press

मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीको आव्हान

नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले समाजिक सञ्जालमार्फत नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन्।
मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीको आव्हान

काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन्। 

नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले समाजिक सञ्जालमार्फत नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन्।

 ‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी,’ उनले लखेकी छिन्।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेका लागि तय भएको छ। त्यसका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय निर्धारण गरेको छ। 

प्रकाशित मिति: ११:०७ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्