Kathmandu Press

साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा (तस्बिरहरू)

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन्। 
साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा (तस्बिरहरू)

काठमाडौं, कात्तिक २१ : साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ। 

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन्। 

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराई मन्दिर परिसरमा लगेर बिसाइएको छ । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार दुवै रथलाई पशुपतिमा लगेर पिताको दर्शन गराई जयवागेश्वरी हुदैँ मित्रपार्क चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने गरिएको छ। 

यो जात्रा चार दिनसम्म मनाइन्छ। जात्राको अन्त्य द्वारेले सिन्दुर चढाए पछि हुने गरेको छ। 

Photo-(14)-(2)-1762491877.jpeg

Photo-(7)-(3)-1762491879.jpeg

Photo-(7)-(3)-1762491879.jpeg

Photo-(13)-(4)-1762491877.jpeg

Photo-(12)-(2)-1762491876.jpeg

Photo-(10)-(3)-1762491876.jpeg

Photo-(6)-(9)-1762491879.jpeg

Photo-(9)-(5)-1762491901.jpeg

Photo-(3)-(15)-1762491878.jpeg

प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्