Kathmandu Press

मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो। दुर्घटना बिहान करिब ७ बजेतिर भएको बताइन्छ।
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

हेटौँडा, कात्तिक २१ : मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो। दुर्घटना बिहान करिब ७ बजेतिर भएको बताइन्छ।

Hardik ivf

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट प्रहरी सहायक निरीक्षक ९प्र।स।नि० सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक समिर तामाङ बारा–कोल्बी नगरपालिका निवासी हुन् र उनी प्रहरी सम्पर्कमा रहेका छन्।

दुर्घटनापछि उक्त सडकखण्डमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। पल्टिएको ट्रक सडकको बीचभागमा अड्किएकाले अन्य सवारी साधन रोकिएका छन्। प्रहरीका अनुसार ट्रक हटाउने कार्यका लागि क्रेनसँग समन्वय भइरहेको छ र केहीबेरमै सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

कान्तिलोकपथको सो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ। सो क्षेत्रमा वर्षा पछि सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी  दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन्। 

प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कारवाही तथा मर्मतसम्बन्धी काम सम्पन्न भएपछि विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। उक्त स्थान अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ।

प्रकाशित मिति: ०८:४७ बजे, शुक्रबार, कात्तिक २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्