Kathmandu Press

प्रमोद खरेलको स्वरमा प्रेम पीडा बोल्ने पीडाले थिचेको मान्छे सार्वजनिक 

बिहिबार निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको अफिसियल च्यानल सिएम डिजिटल मार्फत युट्यूव प्रिमियर गरिएको गीतले विछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ । भिडियोमा अभिनेता विराज बिष्ट र डेब्यू मोडल गीता पन्थी फिचर्ड छन् । 
प्रमोद खरेलको स्वरमा प्रेम पीडा बोल्ने पीडाले थिचेको मान्छे सार्वजनिक 

काठमाडौं, कात्तिक २१ : गायक प्रमोद खरेलको स्वरबद्ध गीति भिडियो पीडाले थिचेको मान्छे म सार्वजनिक भएको छ । ऋषि  खड्काको शब्द तथा संगीत समावेश गीतलाई कमल सौरागले एरेञ्ज गरेका छन् ।

बिहिबार निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको अफिसियल च्यानल सिएम डिजिटल मार्फत युट्यूव प्रिमियर गरिएको गीतले विछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ । भिडियोमा अभिनेता विराज बिष्ट र डेब्यू मोडल गीता पन्थी फिचर्ड छन् । 

राष्ट्रिय चलचित्र पुरस्कार विजेता चलचित्र बुलाकीका अभिनेता तथा निर्माता बिष्ट मोडलिङमा पनि निरन्तर सकृय छन् । बिष्टको नयाँ चलचित्र महाराजधिराज निर्माणको चरणमा छ ।

श्याम तामाङले छायांकन गरेको भिडियोमा सम्पादन तथा कलरिङ मिलन विश्वकर्माले गरेका छन् । सिर्जन बरालले यो भिडियोलाई निर्देशन गरेका हुन् । भिडियो रिलिज अगाबै यो हेर्तको अडियो टिकटक, रिल्स लगायतका सामाजिक सञ्जालमा लोकप्रिय बनिसकेको छ ।

यो गीतको भिडियोलाई पर्यटकीय स्थलहरू सैलुङ, दोलालघाट, मुढे लगायतमा छायांकन गरिएको छ ।

प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्