Kathmandu Press

‘आफैंलाई कमजोर नपारौं, एकतामा जोड दिऔं’

‘आफैंले आफैंलाई कमजोर पार्ने कुरा किन गर्नु? आफ्नै खुसीले विष किन खाने? विष त राम्रो कुरा होइन त्यसले शरीरलाई जस्तै संगठनलाई पनि कमजोर बनाउँछ,’ उनले भने।
‘आफैंलाई कमजोर नपारौं, एकतामा जोड दिऔं’

काठमाडौं, कात्तिक २० : नेकपा एमालेको आधिकारिक पार्टी गीत बिहीबार एक विशेष समारोहका बीच विमोचन गरिएको छ । सो अवसरमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले पार्टीभित्र एकता, आत्मसम्मान र सहकार्यको आवश्यकता औंल्याए। 

‘आफैंले आफैंलाई कमजोर पार्ने कुरा किन गर्नु? आफ्नै खुसीले विष किन खाने? विष त राम्रो कुरा होइन त्यसले शरीरलाई जस्तै संगठनलाई पनि कमजोर बनाउँछ,’ उनले भने।

Hardik ivf

ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। त्यस्तै, उनले पार्टीभित्र सहकार्य र कमरेडली भावनालाई मजबुत बनाउन आग्रह गरे।  

‘पार्टीमा लाग्ने मान्छे अपमानित हुन, गाली खान वा हप्कीधप्की सहनका लागि लाग्दैन। आत्मसम्मानकै लागि लाग्छ। पार्टीमा साथीको भावना हुनुपर्छ । एकअर्कामा माया गर्ने, अप्ठ्यारा अवस्थामा सहयोग गर्ने र विचार तथा उद्देश्यका आधारमा एकता सुदृढ बनाउने गर्नुपर्छ,’ उनले भने।

ओलीले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहनुपर्ने पनि उल्लेख गरे। उनले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाका कारण प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नैपर्ने बताए। 

‘एक आपसमा अप्ठ्यारा परिस्थतिमा सहयोग गर्ने, माया गर्ने एकअर्कालाई, साथसहयोग दिने र आफूबीचमा विचारका आधारमा, उद्देश्यका आधारमा एकता अत्यन्त सुदृढ बनाउने गर्नुपर्छ। यो प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो। यसकारण प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नैपर्छ। आपसमा एकता, विपक्षीसँग प्रतिस्पर्धा गर्ने हो,’ ओलीले भने।

कार्यक्रममा पार्टी गीतका स्रष्टा तथा नेताहरूसहितका विभिन्न स्तरका कार्यकर्ताको उपस्थिती रहेको थियो।
 

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, कात्तिक २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्