Kathmandu Press

संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ : बाबुराम भट्टराई 

‘जनताले आफ्नो संविधान नबनाएसम्म लोकतन्त्र पूरा हुँदैन। अबको लोकतन्त्र भनेको एउटा व्यक्तिको निजी स्वतन्त्रताको कुरा मात्रै होइन,चुनावमा भोट हाल्ने स्वतन्त्रता मात्रै होइन। वर्ग, जाति, क्षेत्र सबैको सहभागितामूलक लोकतन्त्र चाहिन्छ,’ उनले भने।
संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ : बाबुराम भट्टराई 

काठमाडौं, कात्तिक २० : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताले आफैं संविधान बनाउनुपर्ने बताएका छन्। 

जेन–जेड पुस्ताका अगुवाहरूसँग अन्तरसंवाद गर्दै उनले वर्तमान लोकतन्त्र अझै अपूर्ण रहेको बताएका हुन्। उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस्था पूर्ण लोकतन्त्र हुन नसक्ने बताए। 

Hardik ivf

‘जनताले आफ्नो संविधान नबनाएसम्म लोकतन्त्र पूरा हुँदैन। अबको लोकतन्त्र भनेको एउटा व्यक्तिको निजी स्वतन्त्रताको कुरा मात्रै होइन,चुनावमा भोट हाल्ने स्वतन्त्रता मात्रै होइन। वर्ग, जाति, क्षेत्र सबैको सहभागितामूलक लोकतन्त्र चाहिन्छ,’ उनले भने।

राजनीतिमा अदृश्य शक्तिहरूको प्रभाव पनि हुने भन्दै उनले सचेत रहन युवाहरुलाई आग्रह गरे। भट्टराईले भने, ‘राजनीतिमा बडो ख्याल गर्नुपर्छ। सबै दृश्य मात्र हुँदैन । अदृश्य शक्तिहरूले पनि धेरै काम गरिरहेका हुन्छन्। हात्तीसम्बन्धी लडाइँजस्तो हुन्छ राजनीति, त्यसैले संयम र विचार चाहिन्छ।’

संविधानका विषयमा उनले यसलाई सुधार र परिष्करण गर्दै लैजानुपर्ने बताउँदै वर्तमान व्यवस्थाको संरक्षणका पक्षमा रहेको स्पष्ट पारे। 

‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं। आधा अहिले भरौं, आधा भर्दै गरौंला भनेर लेख्यौं। संविधान जारी भएको दिनमै मैले भनेको थिएँ— यो आधा गिलास भरिएको छ, आधा खाली छ । संघीयता लगायतका कुरा फ्याक्ने होइन, सुधार्दै लैजानुपर्छ,’ उनले भने।

भट्टराईले आफ्नो राजनीतिक अभियान संविधानको अपूर्णतामा सुधार र नयाँ पुस्ताको सहभागिताका लागि समर्पित रहेको बताए। उनले अहिलेको पुस्ताको ऊर्जाले र आफूहरुको अनुभव जोडेर लोकतन्त्रलाई पूर्ण बनाउन सकिने बताए।
 
प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, कात्तिक २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्