Kathmandu Press

मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्ण सञ्चालनमा आउने 

मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्ण सञ्चालनमा आउने 

काठमाडौं, कात्तिक २० : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालनमा आउने बताएका छन्।  

पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी कार्यविधि कानुन ‘सिद्धान्त र व्यवहार’ नामक तेस्रो कृतिको सार्वजनिकीकरण समारोहमा प्रधानन्यायाधीश राउतले उक्त जानकारी दिएका हुन्। 

Hardik ivf

ललितपुर बार एशोसिएसनको सभाहलमा विहीबार आयोजित उक्त कार्यक्रममा प्रधानन्यायाधीश राउतले भने, ‘आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालनमा आउनेछ, अदालतप्रतिको जनआस्था वृद्धि गराउन फैसलामा विधिशास्त्र हुनुपर्छ मात्रै हैन, यसलाई छिटो र सहज रुपमा दिने व्यवस्था पनि कार्यान्वयनमा आउनुपर्छ।’

न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु मुख्य दायित्व भएको पनि उनले बता । प्रधानन्यायाधीश राउतले पुस्तक लेख्ने र अनुभवलाई समेट्ने अवसर सबैलाई रहेकाले त्यसलाई समात्न सक्नुपर्ने भनाई पनि राखे। 

नेपाल बार एशोसियसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायप्रणालीबाट देवानी प्रकृतिका न्यायसम्पादन छिटोछिटो हुने अवस्था नरहेको अवस्था बताए। ‘यो अवस्थामा सुधारका लागि र छिटो मुद्दाको किनारा लगाउनका लागि पुस्तकले योगदान पुर्‍याउने छ। जटिलतालाई सहजीकरण गर्न पनि मद्दत पुग्ने मलाई विश्वास छ,’ उनले भने।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले देवानी न्यायसम्पादन प्रणालीलाई यस पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउने बताउँदै न्याय क्षेत्र र प्रणालीको सुधारका लागि उत्कृष्ट कृति हुने विश्वास व्यक्त गरे। 

साथै, मुख्यन्यायाधीश कुँवरले न्यायालयप्रति जनआस्था बढाउन र न्यायसम्पादनका प्रक्रियालाई सम्बोधन गर्न पुस्तकले सहयोग गर्ने धारणा समेत राखे।

पुस्तकका लेखक एवं उच्च अदालतका पूर्वन्यायाधीश द्वारिकामान जोशीले देवानी मुद्दामा धेरै मुद्दाहरु असफल भएको सन्दर्भ औंल्याए। धेरै मुद्दामा प्रमाण नपुग्ने अवस्थामा गलत व्यक्तिले पनि न्याय प्राप्त गरेको कतिपय अवस्था रहेको बताउँदै कानुनी सहजताका लागि विद्वतवर्गको मागअनुसार पुस्तकको प्रकाशन गरिएको जानकारी गराए। 

प्रकाशित मिति: २०:०२ बजे, बिहीबार, कात्तिक २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्