Kathmandu Press

आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत आलेविरुद्ध १ करोड २३ लाख रुपैयाँ भ्रष्टाचारको अभियोग 

अख्तियारले आले र बस्नेतको कार्यबाट नेपाल सरकारलाई एक करोड २३ लाख ६९ हजार ६४९।६९ बराबरको हानी भएको दाबीसहितसोही रकम बराबर जरिवाना र कैद सजायको माग गरेको छ। 
आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत आलेविरुद्ध १ करोड २३ लाख रुपैयाँ भ्रष्टाचारको अभियोग 

काठमाडौं, कात्तिक २० : आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध एक करोड २३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ। 

आयोगले राजस्व चुहावटमा संलग्न भई गैरकानुनी लाभ उठाएको दाबीसहित विहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्तियारले आले र बस्नेतको कार्यबाट नेपाल सरकारलाई एक करोड २३ लाख ६९ हजार ६४९।६९ बराबरको हानी भएको दाबीसहितसोही रकम बराबर जरिवाना र कैद सजायको माग गरेको छ। 

मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६ र ७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता गर्दा भ्रष्टाचार भएको दाबी अख्तियारको छ। ठेक्का वापत बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट)१ करोड २३ लाख ६९ हजार ६४९।६९ आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको भन्दै परेको उजुरीका अख्तियारले अनुसन्धान अघि बढाएको हो।

अख्तियारको अनुसन्धानका क्रममा कर अधिकृत आले र निर्माण कम्पनीका प्रबन्ध निर्देशक बस्नेतबिच मिलेमतो गरी झुटा लिखत बनाई राजस्व छली गरिएको र नेपाल सरकारलाई हानी पु¥याइएको प्रमाण भेटिएको आयोगले जनाएको छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ९, १७ र २२ बमोजिम सजायको माग गरेको छ। 

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, कात्तिक २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्