Kathmandu Press

रवि र छविको ठगी मुद्दामा मिसिल झिकाउन आदेश 

न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओम प्रसाद अर्यालको संयुक्त इजलासले विहीबार उक्त आदेश गरेको हो। अब यो मुद्दामा जिल्ला अदालतबाट मिशिल आएपछि मात्र सुनुवाई अघि बढ्ने छ। 
रवि र छविको ठगी मुद्दामा मिसिल झिकाउन आदेश 

बुटवल, कात्तिक २० : रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देही ज्लिला अदालतबाट मिशिल झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओम प्रसाद अर्यालको संयुक्त इजलासले विहीबार उक्त आदेश गरेको हो। अब यो मुद्दामा जिल्ला अदालतबाट मिशिल आएपछि मात्र सुनुवाई अघि बढ्ने छ। 

रास्वपा सभापति लामिछाने र पूर्व डिआइजी समेत रहेका जोशीविरुद्ध दायर भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा उच्च अदालत तुल्सीपुरको बुटबल इजलासमा सुनुवाई भएको थियो। 

यो मुद्दामा उनीहरुले सहकारी ठगी प्रकरणमा आफ्नो भाग बराबरको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न अदालत समक्ष माग गरेका छन् । उक्त मागलाई जिल्ला अदालतले अस्विकार गरेपछि लामिछाने र जोशी उच्चमा पुगेका हुन्। 

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। 

लामिछानेले भने आफू सहकारीको शेयर सदस्य वा सञ्चालक नभएको दाबी गर्दै रकम ठगी नगरेको बताउँदै आएका छन्।
 
प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, कात्तिक २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्