Kathmandu Press

मेयर बालेन्द्र साहविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी 

मेयर बालेनले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन भएको दाबीसहित युवा संघका नेताहरु ब्यूरो पुगेर उजुरी दर्ता गरेका हुन्।
मेयर बालेन्द्र साहविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी 

काठमाडौं, कात्तिक २० : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ। 

नेकपा एमाले निकट युवा संघले विहीबार साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन्। 

मेयर बालेनले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन भएको दाबीसहित युवा संघका नेताहरु ब्यूरो पुगेर उजुरी दर्ता गरेका हुन्।

बालेनले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित सामाजिक सञ्जाललमा एक स्टाटस पोष्ट गरेका थिए । तर उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएको थियो। 

उजुरीमा बालेनलाई ब्यूरोमा डाकेर बयान लिएर अनुसन्धानको माग गरिएको छ । उजुरी दर्ता प्रक्रियामा रहेको जनाइएको छ।  
 
प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, कात्तिक २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्