Kathmandu Press

महामन्त्रीबाटै पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण : कांग्रेस कोशी प्रदेश सभापछि थापा

कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका थापाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नै जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टीलाई नराम्रो क्षति पु¥याइरहेको बताए। 
महामन्त्रीबाटै पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण : कांग्रेस कोशी प्रदेश सभापछि थापा

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले महामन्त्रीहरूबाटै पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको दाबी गरेका छन्।

बत्तिसपुतलीमा नियमित महाधिवेशनको दबाबका लागि विहीबार आयोजित भेलामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो दाबी गेका हुन्। 

कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका थापाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नै जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टीलाई नराम्रो क्षति पु¥याइरहेको बताए। 

‘कसैले प्रमाणित गर्दिनुस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर। हामी राजीनामा दिन तयार छौँ । भोट कसले हाल्छन्, कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन्? महामन्त्रीहरूले नै पार्टीको इमेज बिगार्नेगरी गलत भाष्य निर्माण गरिरहनु भएको छ,’ थापाले भने।

पार्टीका जिम्मेबार व्यक्तिबाटै गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको पनि थापाले बताए । ‘निर्वाचनबाट प्रतिनिधिसभा आएपश्चात् देश सही दिशामा हिँड्छ। अहिलेका लागि राष्ट्रको हित प्राथमिक हो । त्यसपछि पार्टी जीवनको सुधार गर्न सकिन्छ,’ थापाले भने।  
 
प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, कात्तिक २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्