Kathmandu Press

कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशन समय सान्दर्भिक छैन, नियमित महाधिवेशन गरौं

थापाले विशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन्। उनले विशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ, पुच्छर नभएको बताए।
कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशन समय सान्दर्भिक छैन, नियमित महाधिवेशन गरौं

काठमाडौं, कात्तिक २० : नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला गरेको छ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो। भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन्।

Hardik ivf

थापाले विशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन्। उनले विशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ, पुच्छर नभएको बताए।

‘जेनजी आन्दोलनमा हाम्रो पार्टी कार्यालयसँगै पार्टी सभापतिको घर नै जल्यो। त्यसपछि सभापतिलाई हटाउनुपर्ने भन्दै पार्टीका महामन्त्रीहरुले अभियान नै चलाउनुभयो। त्यसपछि  सभापतिले कार्यवाहक सभापति तोकेर तुरुन्तै बिदा हुनुभयो,’ उनले भने, ‘तर पार्टीमा विशेष अधिवेशनको एउटा प्रस्ताव दर्ता भयो, विशेष अधिवेशन के को लागि दर्ता भयो भने त्यसको कुनै सिङ्ग पुच्छर छैन । त्यसको नतिजा के आउँछ ? थाहा छैन कसैलाई त्यसैले अहिले विशेष महाधिवेशन समय सान्र्दर्भिक छैन।’

नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन भेला आयोजना गरेको हो। भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन्।
भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्पबहादुर शाह, जित शेरचनलगायत सहभागी छन्।

कांग्रेस इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिँदै आएको छ। 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले आगामी पुसमा विशेष वा नियमित महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले बैशाखमा नियमित महाधिवेश हुनुपर्ने बताउँदै आएको छ। 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, कात्तिक २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्