Kathmandu Press

नियमित महाधिवेशनको दबाब दिन अनुपम फुडल्याण्डमा कांग्रेस संस्थापन पक्षको भेला 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको छ। भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन्। 
नियमित महाधिवेशनको दबाब दिन अनुपम फुडल्याण्डमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं, कात्तिक २० : नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले विहीबार काठमाडौंमा भेलाको आयोजना गरेको छ। 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको छ। भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन्। 

भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेशका महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, म्याग्दी सभापति खम बहादुर खर्बुजा, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, अछाम सभापति पुष्प बहादुर शाह लगायत सहभागी छन्। भेलामा सहभागिहरु पुग्नेक्रम जारी छ। 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले आगामी पुसमा विशेष वा नियमित महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले बैशाखमा नियमित महाधिवेश हुनुपर्ने बताउँदै आएको छ। 

यही बहसका कारण कांग्रेसको केन्द्रीय समिति बैठक निश्कर्षविहीन बन्दै आएको छ। 
 
प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, कात्तिक २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्